होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विज्ञान
  • आज वर्षको सबैभन्दा लामो दिन, सबैभन्दा छोटो रात
विज्ञान

आज वर्षको सबैभन्दा लामो दिन, सबैभन्दा छोटो रात

  • नागरिक रैबार
आज वर्षको सबैभन्दा लामो दिन, सबैभन्दा छोटो रात

२१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ ।

यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ । आखिर यस्तो किन हुन्छ ? यसबारे थाहा पाउन तपाईंलाई मन लागेको हुनसक्ला ।

समर सोल्स्टिस के हो ?

विज्ञापन

सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो ।

अर्थात् दुबै शब्दलाई मिलाएर हेर्ने हो भने सोल्स्टिसको अर्थ अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ ।

हामीलाई थाहा छ कि पृथ्वी आफ्नो कक्षमा सूर्यको चक्कर लगाउँछ र कक्षमा पृथ्वीको स्थितिका अनुसार दिन र रात निर्धारण हुन्छ ।

अर्थात्, २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।

यस्तो किन हुन्छ ?

वास्तवमा पृथ्वी सूर्यको चारैतिर भर्टिकल भएर चक्कर लगाउँदैन । खासमा यो आफ्नो अक्षांशमा साढे २३ डिग्री झुकेको छ र यसै अवस्थामा सूर्यलाई चक्कर लगाउँछ । चक्कर लगाउने बेला पृथ्वीको उत्तरी र दक्षिण गोलाद्र्ध यसको अगाडि आउँछ । जूनको महिनामा उत्तरी गोलाद्र्ध सूर्यको अघिल्तिर हुन्छ ।

साधारणतया हरेक वर्ष २० जून देखि २२ जूनको बीचमा एउटा यस्तो दिन हुन्छ जुन समयावधिको हिसाबले सबैभन्दा लामो दिन हुन्छ ।

यस वर्ष यो दिन २१ जून अर्थात् आज परेको छ ।

उत्तरी गोलाद्र्धमा प्रत्येक देशका लागि यो समय भिन्न भिन्न हुनेछ । संसारका थुप्रै देशमा यो दिनको लम्बाई १२ घण्टाभन्दा बढी हुनेछ ।

मौसम परिवर्तनको दिनः

२१ जूनलाई उत्तरी गोलाद्र्धको देशमा गर्मीको सुरुवात पनि भनिन्छ ।

यद्यपि, यतिबेला दक्षिण गोलाद्र्धका देशमा ठिक विपरित हुन्छ, यहाँ यसलाई चिसो मौसमको सुरुवातको रुपमा हेरिन्छ ।

अर्थात् जतिबेला उत्तरी गोलाद्र्धका देश समर सोल्स्टिस मनाइरहेका हुन्छन् त्यतिबेला अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण अफ्रिका र ब्राजिलजस्ता दक्षिण गोलार्द्धका देशमा विन्टर सोल्स्टिस मनाइनेछ ।

२१ जून पछि नै दिन छोटो हुन थाल्छन् र रात लामो हुन थाल्छ ।

२१ सेप्टेम्बरमा रात र दिनको अवधि लगभग बराबर हुनेछ र २१ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ ।

उत्तरी गोलार्द्धका देशमा यसलाई विन्टर सोल्स्टिस भनिन्छ तर दक्षिण गोलार्द्धका देशमा यो समर सोल्स्टिस हुनेछ ।

बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार