होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’
मनोरञ्जन

‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’

  • नागरिक रैबार
‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’

काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् ।

फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि ‘डमरुको डण्डीवियो’ निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए ।

अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देशहरुमा पनि उपलब्ध हुँदै जाने एपका कार्यकारी अधिकृत सागर खरेलले बताए ।

विज्ञापन

‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको फिल्म हो, हामीले अहिलेसम्म यसलाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको फिल्म हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरञ्जन होस् भन्ने हेतुले निशुल्क गरेको छौं’, खरेलले बताए ।

फिल्म हेर्नका लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्नेहुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभीलगायतमा उपलब्ध छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै