होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खनाल–नेपाल पक्ष अदालत जाने, स्थायी कमिटी बैठक जारी
राजनीति

खनाल–नेपाल पक्ष अदालत जाने, स्थायी कमिटी बैठक जारी

  • नागरिक रैबार
खनाल–नेपाल पक्ष अदालत जाने, स्थायी कमिटी बैठक जारी

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । अदालतमा जानअघि यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ । सो पक्षका नेता बेदुराम भुषालले रातोपाटीसँग कुरा गर्दै भने, ‘अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदालत जाने भएका छौँ । त्यही विषयमा छलफल गर्न स्थायी समितिको बैठक डाकिएको छ ।’ बैठक बुद्धनगरमा सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए । ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरुलाई छानीछानी स्पष्टीकरण सोधेपछि विभाजनको संघारमा रहेको एमालेभित्र थप संकट पैदा भएको छ । ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल लगायतलाई किन कारवाही नगर्ने भनेर सोधेका छन् । मंगलबार २ दिने समय सीमासहित ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई यस्तै व्यहोराको पत्र पठाएर कारवाही प्रक्रिया अघि बढाएका हुन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार