होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विप्लवसँग वार्ताका लागि के गर्दैछ सरकारले पहल ?
राजनीति

विप्लवसँग वार्ताका लागि के गर्दैछ सरकारले पहल ?

  • नागरिक रैबार
विप्लवसँग वार्ताका लागि के गर्दैछ सरकारले पहल ?

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले सरकारसँग वार्ता र सम्वादका लागि तयार जनाएलगत्तै सरकारले गृहकार्य अघि बढाएको सरकारका एक मन्त्रीले बताएका छन्  संक्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विप्लव समूहले विज्ञप्तिमार्फत वार्ताका लागि गरेको पहललाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै बाँकी प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य सुरु भैसकेको प्रतिक्रिया दिए ।

‘सरकारले उहाँहरुको वक्तव्यलाई सकारात्मक रुपमा लिएको छ’ मन्त्री ज्ञवालीले  भने, ‘उहाँहरुले वार्ताद्वारा समस्याको शान्तिपूर्ण समाधान चाहेको अवस्थामा सरकारले आवाश्यक वातावरण बनाउँछ ।’ उनले त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सवै काम गर्ने भन्दै त्यसको तयारी समेत भइरहेको बताए ।

मन्त्री ज्ञवालीले कस्तो तयारी भइरहेको छ र कुन तहमा वार्ता हुँदैछ भन्ने विषयमा भने कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘अहिले यतिमात्रै बुझ्नुस्’ ज्ञवालीको भनाई छ । यसअघि विप्लव समूहले सरकारसँग वार्ता गर्नुअघि आफुमाथि लगाइएको प्रतिवन्ध फुकुवा हुनुपर्ने शर्तअघि सारेको थियो । तर, सरकारले प्रतिवन्ध फुकुवाको घोषणा नगर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार एक विज्ञप्ति जारी गरेर सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका थिए ।

विज्ञापन

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा जन समुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं’ महासचिव विप्लवले भनेका थिए ।

प्रतिनिधिसभा विघटनपछि सरकारले विप्लवसँगको वार्ता प्रक्रिया अघि बढाउन औपचारिक अनौपचारिक रुपमा पहल गरिरहेको थियो । सोही क्रममा गत २० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु जेल गएर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटवार्ता गरेका थिए ।

सरकार विप्लव वार्ताबारे विप्लवसँगको मोर्चावन्दीमा रहेका बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले नयाँ कुरा नभएको प्रतिक्रिया दिए । ‘संसद पुनःस्थापना भएपनि नभएपनि प्रधानमन्त्री केपी ओलीलाई पार्टी निर्माणको प्रक्रियामा जानुपर्ने र चुनाव भएपनि आफ्नो पक्षमा माहोल बनाउनुपर्ने होला । त्यसकारण प्रतिबन्ध लगाएको पनि मैले होइन प्रचण्डले नै हो भन्नुपर्ने होला’ उनले  भने, ‘सकिन्छ भने प्रचण्डहरुलाई चुनावमा पनि प्रयोेग गर्नुपर्ने होला ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै