होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका
समाचार

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

  • नागरिक रैबार
जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

८ माघ, काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ सालमा सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिमपछि शिक्षालयमा कार्यरत उनी उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन् ।

 

विज्ञापन

उनले तालिम सफलतापूर्वक सम्पन्न गरेर साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तीन महिनासम्म चल्ने अत्यन्तै कठिन उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैनिक ज्ञान र सीपहरु सिकाइन्छ । उनले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ एण्ड मेन्टिनेन्स तालिमसमेत लिइसकेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार