होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने लगायतका यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु
समाचार

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने लगायतका यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

  • नागरिक रैबार
राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने लगायतका यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १२ वटा महत्वपुर्ण निर्णय गरको छ । आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्नेलगायतका निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन् ।

आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रिय संघिय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनसन्धान आयोगका प्रमुख प्रेमकुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने लगायतका निर्णयहरु बैठकले गरेका छन् ।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने ।

विज्ञापन

नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली बैंकबाट प्राप्त हुने थप ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीस्कार गर्ने ।
मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिने ।
एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
पशुकल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।
पशुप्रति हुने निदर्यी व्यवहार रोक्नका लागि समिति गठन गर्ने ।
संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।
आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने ।
दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा. मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्याम सुन्दर यादव, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनीलाई बढुवा गर्ने ।
लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कीत प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार