होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • भरतमणि पाैडेल नयाँ ‘कमेडी च्याम्पियन’
सेलिब्रेटी

भरतमणि पाैडेल नयाँ ‘कमेडी च्याम्पियन’

  • नागरिक रैबार
भरतमणि पाैडेल नयाँ ‘कमेडी च्याम्पियन’

काठमाडौं– ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।

भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो ।

त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् । पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

विज्ञापन

त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार