होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुरामा देउवा पक्षकै हालीमुहाली
समाचार

नेपाली काँग्रेस बाजुरामा देउवा पक्षकै हालीमुहाली

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुरामा देउवा पक्षकै हालीमुहाली

नागरिक रैबार/बाजुरा ४ साउन । नेपाली काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशन नजिकीदै गर्दा बाजुरामा निकै माहोल तातिएको छ । नेपाली काँग्रेसका गाउँदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ता गणितीय हिसाव कितावमा व्यस्त भईरहेका छन् ।

यतिबेला केन्द्रदेखि बाजुरासम्म देउवा प्यानलको हालिमुहाली भने निकै सरगर्मीका साथ अघि बढी रहेको पाईएको छ । यस अघि छैटाँै जिल्ला अधिवेशनमा पनि नेपाली काँग्रेस बाजुरामा देउवा पक्षका कविराज पंडित सभापति र सचिव दिपक विक्रम शाहसहित देउवा पक्षमा बहुमत सदस्य विजयी भएका थिए ।

छैटौ जिल्ला अधिवेशनको विजयी उम्मेदवारका गणितीय हिसाव हेर्दा आउँदो अधिवेशनमा समेत देउवाकै पक्षमा वर्चश्व कायम रहने जिल्ला कार्यसमिति सदस्य युवा नेता प्रकाश रावलले बताएका छन् । उनले बाजुरामा देउवा पक्षकै बहुमत भएकोले आफ्नो सहसचिवमा उम्मेदवारी समेत रहेको बताएका छन् ।

विज्ञापन

देउवा पक्षको तर्फबाट जिल्ला सभापतिमा विजयी भएका कविराज पण्डीतको नेतृत्वले बाजुरामा एकछत्र पकड जमाई रहेका बेला पार्टी भित्रैबाट ३ वटा प्यानलका उम्मेदवारहरु जिल्लामा निकै कसिएर लागि परेका देखिन्छन् ।गाउँदेखि जिल्ला अधिवेशनमा सिँगो पार्टीलाई मिलाएर लानुपर्नेमा केही नेता तथा कार्यकर्ताको जोड बल भएपनि प्यानलगत होडबाजी छरपष्ट भएको छ ।

तीनवटा प्यानलले जिल्लामा आ-आफ्नो पक्षमा के कति प्रतिशत प्रतिनिधी भन्ने कुराको लेखा जोखा भैरहेको छ । जसरी पनि आफ्नो प्यानल विजय गराउँन निकै दौडधुप चलिरहेको देखिएको छ । यस पटकको जिल्ला सभापतिका लागि पनि देउवा पक्षबा कविराज पंडित, रामचन्द्र पौडेल पक्षबाट रामसिंह रावल र सिटौला पक्षबाट पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी मैदानमा उत्रिने भएका छन् । यस अघि सभापति पंडितले पौडेल पक्षका रामसिंह रावललाई पराजित गरेका थिए ।

सिंगो नेपाली काँग्रेसले एक ढिक्का भएर सबैलाई मिलाएर लैजानु पर्ने देखिएता पनि जिल्लाको सभापति चयनका लागि भने यो पटक ३ पक्षवीच निकै कडा प्रतिष्पर्दा हुने अनुमान गरिएको छ ।तर जिल्लामा अघिल्लो कार्यसमितिको बहुमत सदस्यहरुको अंकगणित हेर्दा र वर्तमान कृयाशिल सदस्यताको मत हेर्दा देउवा पक्षले नै जिल्लामा आफ्नो नेतृत्वमा पार्टीको जिम्मेवारी लिने देखिएको छ ।

यसरी हेर्दा देउवाको पक्षका सभापति कविराज पंडितको समूहले जिल्लामा आफ्नो कव्जा जमाउने सम्भावना बढेको छ । त्यस्तै रामचन्द्र पौडेल प्रक्षबाट (रामसिंह रावलको पक्ष पनि यस पटकको नेतृत्व आफ्नो पक्षमा लिने गरि कस्सिएर अघि बढ्ने देखिएको छ । यस अघि जिल्ला सभापतिमा उम्मेदवारी दिएर देउवा पक्षका कविराज पंडितसंग पराजित भएका रामसिंह रावल पनि आफ्नो पक्षमा बलियो पकड जमाउने गरी अधिवेशनमा कडाइका साथ अगाडि बढ्ने देखिएको छ ।

त्यस्तै सिटौला पक्षमा देखिएका पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी पनि आफ्नो पक्षमा जिल्लामा पकड जमाउन लागिपरेको बुझिएको छ ।तर यता देउवा पक्षका नेताहरुले भने बाजुरामा बहुमत सदस्यको संख्या देउवाकै पक्षमा रहेकोले जिल्ला सभापतिमा कविराज पण्डित, नेता देवराज जोशी, नेता महा नेपाली र धनराज पण्डित मध्ये एकजना सभापतिमा हुने देउवा पक्षका नेताहरुको दावी रहेको छ ।
सातौँ जिल्ला अधिवेशनको समय नजिकिदै जाँदा आ-आफ्नो पक्षमा सभापति र अन्य नेतृत्वको पकड बनाउने होडबाजीका साथ जिल्लाभर नेताहरु लभिङमा लागि रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार