होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको सह-सचिवमा वडा अध्यक्ष रावलको दावी
समाचार

काँग्रेस बाजुराको सह-सचिवमा वडा अध्यक्ष रावलको दावी

  • नागरिक रैबार
काँग्रेस बाजुराको सह-सचिवमा वडा अध्यक्ष रावलको दावी

नागरिक रैबार/बाजुरा ४ साउन। नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा काँग्रेसका नेता तथा कार्यकताहरुको माहोल पनि तातेको छ । अधिवेशन नजिकिएसंगै काँग्रेसका नेता तथा कार्यकर्ताहरु जिल्ला दौडाहमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् ।

जिल्लामा यस पटकको अधिवेशनमा युवाको नेतृत्व हुने गरी कार्यसमितिका सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले सहसचिव पदमा उम्मेदावरी दिने तयारी गरेका छन् ।

देशकै कान्छा वडा अध्यक्षका रुपमा परिचित रावल पछिल्लो समय युवाहरुमाँझ लोकप्रिय युवा नेता हुन् । आसन्न काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा खुला तर्फबाट सहसचिवमा उम्मेदवारी दिने तयारी गरेको उनी बताउँछन् ।

विज्ञापन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवा पक्षका पाटी सभापति कविराज पंडितको विश्वास पात्रका रुपमा परिचित रहेका रावलले आफ्नो उम्मेदवारी सहसचिव पदमा रहेको बताएका छन् । उनले बाजुरामा देउवा पक्षको प्यानलनै विजयी हुने ठोकुवा समेत गरेका छन् ।
को हुन प्रकाश रावल ?
प्रकाश रावल बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य हुन् । आजभन्दा २२ वर्ष अगाडि जन्मेका उनी सानै उमेरदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै विद्यार्थी राजनीतिबाट सूरु गरेका हुन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी देशकै कान्छा वडा अध्यक्षको रुपमा परिचित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार