होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • भीम रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्
Breaking News

भीम रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भीम रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए ।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

 

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • ११ घन्टा अगाडि

भर्खरै