होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक
मनोरञ्जन

फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक

  • नागरिक रैबार
फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्णलीला’को ट्रेलर सर्वाजनिक भएको छ । २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म लभ स्टोरी कथामा निर्माण भएको हो । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेशनमा छायाँकन भएको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँ वाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आर आर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार