होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृत्यु
समाचार

भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृत्यु

  • नागरिक रैबार
भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै