होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘पासो’मा रिस्ताको एक्सन अवतार, चैत १८ मा रिलिज हुने
मनोरञ्जन

‘पासो’मा रिस्ताको एक्सन अवतार, चैत १८ मा रिलिज हुने

  • नागरिक रैबार
‘पासो’मा रिस्ताको एक्सन अवतार, चैत १८ मा रिलिज हुने

काठमाडौं । नायिका रिस्ता बस्नेत केही समय ठूलो पर्दाबाट हराएकी थिइन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र व्यावसायिक रुपमा सफल हुन नसकेपछि रिस्ताले आफूलाई नयाँ स्वरुपमा ढाल्नका लागि समय लिएको बताउँदै आएकी थिइन् ।

अब रिस्ता फरक अवतारमा दर्शकमाझ आउँदैछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत १८ देखि प्रदर्शन हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक आपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितिबाट जीवित राख्न गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको निर्देशक आरबी पुनले जानकारी दिए ।

विज्ञापन

चलचित्रमा पुनको नै कथा, पटकथा तथा संवाद छ । चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रलाई क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जनाएको छ । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सहनिर्माता हुन् ।

चलचित्रमा रिस्ताको साथमा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

दर्शकले फरक स्वादको चलचित्र हेर्न पाउने विश्वास निर्माणपक्षले लिएको छ । रिस्ताले पनि लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाएको बताइन् ।

चलचित्रलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार