बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • विवाह नगरि बच्चा जन्माउने नम्रताको चाहना !
सेलिब्रेटी

विवाह नगरि बच्चा जन्माउने नम्रताको चाहना !

  • नागरिक रैबार
विवाह नगरि बच्चा जन्माउने नम्रताको चाहना !

केही अगाडि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा मुछिएकी अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय फेरि चर्चामा छाएकी छन् । उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् ।
हालै एक टेलिभिजनका लागि उनले हालै दिएको अन्तर्वार्तामा उनले बिहे नगरि बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् । सो क्रममा उनले विवाहभन्दा पनि बच्चा जन्माउन धेरै मन लागेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘भोली समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभएपनि म बच्चा चाहिँ अवश्य जन्माउँछु ।’

सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गरेकी उनले आफ्नो पनि त्यस्तै योजना रहेको सुनाइन् । भनिन्, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’ ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उनको रहेको छ ।

विज्ञापन

विवाहको विरोधी आफु नभएको समेत बताएकी उनले आफ्ना लागि सोचेजस्तो सकारात्मक व्यक्ति नभेटेकाले अहिलेसम्म विवाह नगरेको समेत जानकारी दिइन् । नम्रता अभिनित फिल्म ‘समर लभ’ फिल्म केही अगाडि रिलिज भएको थियो । फिल्मले व्यवसायिक सफलता हात पार्न नसकेपछि समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । उनी म्युजिक भिडियो र विज्ञापन चलचित्रमा पनि बाक्लै देखिँदै आएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार