होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभाको उपनिर्वाचनमा हात धोएर मात्र मतदान गर्न पाइने
राजनीति

राष्ट्रियसभाको उपनिर्वाचनमा हात धोएर मात्र मतदान गर्न पाइने

माधव नेपाललाई मौन अवधिमा भेटे बादलले

  • नागरिक रैबार
राष्ट्रियसभाको उपनिर्वाचनमा हात धोएर मात्र मतदान गर्न पाइने

राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यही बैशाख ६ गते हेटौंडाको भुटनदेवी माविमा मतदान हुँदैछ । निर्वाचनका लागि मतपत्र तथा मतपेटिकाको व्यवस्थाका साथै मतदान केन्द्रमा गर्नुपर्ने तयारी सकिएको निर्वाचन आयोगका सहप्रवक्ता कोमल धमलाले जानकारी दिए ।

मतदानका लागि  भुटनदेवी माविको प्राङ्गणमा ३ वटा मतदान केन्द्र तयार पारिएको छ । साथै जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरी उनको नेतृत्वमा निर्वाचनको काम अघि बढाएको हो । प्रदेशसभा सदस्यका लागि एउटा केन्द्र, स्थानीय तहका जनप्रतिनिधिका लागि एउटा केन्द्र र कोरोना संक्रमित भएका मतदाता जनप्रतिनिधिका लागि छुट्टै मतदान केन्द्र तयार गरिएको छ ।

यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड : मतदान अघि हात धुनुपर्ने

विज्ञापन

यो उपनिर्वाचनका लागि कूल ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्य १ सय १० रहेका छन् स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना रहेका छन् ।

मतदानका लागि उनीहरुको ४८ घण्टाभित्रको पीसिआर रिर्पोट अनिवार्य गरिएको छ । मतदान केन्द्रमा  प्रवेश अगाडि नै गेटमा अनिवार्य रुपमा सावुन पानीले हात धुने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ भने मतदाताले २ मिटर दुरी अनिवार्य कायम गर्नु व्यवस्था गरिएको सहप्रवक्ता धमलाले जानकारी दिए ।

यस्तै संक्रमित मतदाताले भोट खसाल्ने केन्द्रमा सुरक्षाकर्मी तथा कर्मचारीले मास्क, पञ्जा, फेस शिल्ड तथा पीपीई लगाउने छन् । यस्तै मतगणनासम्म पनि उनीहरुले ती कुराहरु लगाउनुपर्ने ब्यवस्था गरिएको छ ।

बादलले माधव नेपाललाई भेट्दा आचार संहिता उल्लंघन भयो कि भएन ?

सोमबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु भएको र अहिले भोट माग्न नपाइने आयोगको भनाइ छ । तर, मंगलबार सो उपनिर्वाचनका उम्मेदवारसमेत रहेका ओली पक्ष एमाले नेता रामबहादुर थापा बादल एमालेकै अर्का नेता माधवकुमार नेपालको घरमा भोट माग्न पुगेका थिए ।

एमालेभित्रको विवादका कारण यसअघि माधव नेपाल पक्षले अर्का उम्मेदवार डा. खिमलाल भट्टराई मतदान गर्ने बताउँदै आएको छ ।

नेपाल र बादल बीचको भेटमा निर्वाचन आचारसंहिता आकर्षित नहुने आयोगका सहप्रवक्ता धमलाले बताए । उनले भने, ‘व्यक्तिले व्यक्तिसँग कुरा गरेको सन्दर्भमा त आचार संहिता लागू नहोला । सार्वजनिक रुपमा चुनाव प्रचार–प्रसार गर्ने, सामाजिक सञ्जालबाट भोट माग्ने यस्ता खालका काम गर्न चाँहि हुँदैन । सार्वजनिक रुपमा उम्मेदवारले मलाई भोट हाल्नुस् भन्दा निर्वाचन आचार संहिता उल्लंघन हुन्छ ।’

अगाडि धमला भन्छन्, ‘व्यक्तिले फोन गरेर भोट माग्ला, आयोग त्यो तहसम्म पुगेर अनुगमन गर्न त सक्दैन । सामान्यतया आमसभा, कोणसभाजस्ता क्रियाकलाप मौन अवधिमा गर्दा आचार संहिता उल्लंघन हुन्छ ।’

बागमती प्रदेशमा हुने उपनिर्वाचनका​ लागि एमाले ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा उठेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा तथा एमाले माधव नेपाल पक्षको गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् भने नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् ।

प्रदेश सभा सदस्यको १ भोट बराबर ४८ मत भार रहेको छ भने स्थानीय तहका जनप्रतिनिधि मतदाताको प्रति एक भोट १८ मत भार कायम गरिएको छ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाएको थियो । रिक्त रहेको स्थानमा पदपूर्ति गर्नका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार