होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले र माओवादीले एकै समयमा बोलाए बैठक
समाचार

एमाले र माओवादीले एकै समयमा बोलाए बैठक

  • नागरिक रैबार
एमाले र माओवादीले एकै समयमा बोलाए बैठक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो ।एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।        बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।

यसैगरी सोमबार दिउँसो १ बजे नै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीले सम्भवतः सोमबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार