होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गीतका कारण चर्चामा लक्ष्मी
मनोरञ्जन

गीतका कारण चर्चामा लक्ष्मी

  • नागरिक रैबार
गीतका कारण चर्चामा लक्ष्मी

काठमाडौं । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । फरक समय सार्वजनिक गरिएका उनका दुई गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ र ‘आफ्नै नाम मन प¥यो’ले टिकटकदेखि सबैतिर प्राथमिकता पाएको कारण उनको चर्चा अहिले चुलिएको हो ।

गीत ‘भन् साली तेरी दिदी कहाँ छ’ टिकटकमा समेत भाइरल भएको छ । लक्ष्मीको अलवा गायक चक्र बमको समेत स्वर रहेको गीत सुदूरपश्चिमको शैलीमा तयार भएको छ । दिदीको बिषयमा साली भेनाको संवाद समेटिएको गीतमा चक्र बमकै शब्द रहेको छ । गीतमा देउडा समेत फ्युजन छ ।

नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ । भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् ।
‘गीतको शैली श्रोता दर्शकका लागि नौलो भएर होला सबैले रुचाएका छन्,’ गायिका लक्ष्मीले भनिन्, ‘प्रतिक्रिया पनि सकारात्मक नै आएको छ ।’

विज्ञापन

त्यस्तै उनको अर्काे गीत ‘आफ्नै नाम मन प¥यो’ले पनि राम्रै चर्चा पाउन सफल भएको छ । उनले गायक कुलेन्द्र विश्वकर्मासँग गाएको यो गीत माया प्रेमका शब्दले भरिएका छदन् । गीतमा प्रह्लाद सुवेदीको शब्द तथा वसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियोमा फिल्मी कलाकार अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुंगानाको साथमा गायिका लक्ष्मी आफैले समेत अभिनय गरेकी छन् । थुप्रै कोरस डान्सर समेत प्रयोग गरेर फिल्मी शैलीमा तामझामका गीतको भिडियो बनाइएको छ ।

राजेश र नीताको अभिनय रहेकोले होला सायद भिडियोले मिडियामा पनि राम्रो प्रथामिकता पाएको देख्न सकिन्छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।
यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी मिहिनेत अनुसारको सफलता हात पर्दा खुसी लाग्ने बताउछिन् ।
‘केही समयको अन्तरमा आएका मेरा दुबै गीत श्रोता तथा दर्शकले रुचाइदिनु भयो’ आचार्यले भनिन् ‘यसले आगामि दिनमा झन् राम्रो गीत दिनुपर्छ भन्ने चुनौती समेत थपेको छ ।’ लक्ष्मी अहिले फेरि नयाँ गीतको तयारीमा जुटेकी छन् ।
सांगीतिक क्षेत्रमा ग्ल्यामरस गायिकाको रुपमा समेत परिचित लक्ष्मीले बेलाबेलामा सार्वजनिक गर्ने हट मिडियाका लागि मसला बन्ने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार