होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’
मनोरञ्जन

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

  • नागरिक रैबार
फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् ।

‘स्पाइडर म्यानः नो वे होम’
स्पाइडरम्यानले नेपालमा उच्च ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ । क्यूएफएक्सले मुलुकभर गरेर यसलाई ५७ सोज दिएको छ । विश्वचर्चित पात्र र ब्रान्ड भएकाले पनि स्पाइडरम्यान ओपनिङ राम्रो हुने अपेक्षा छ । टिम हल्यान्ड, बेनेडिक्ट कम्बरब्याच,जेन्डिया, जेकब ब्यटलोन अभिनित फिल्मले विश्वभर नै चर्चा कमाइरहेको छ ।

‘पुष्पा’
हिन्दी डब गरिएको दक्षिण भारतीय फिल्म हो । अल्लु अर्जुन र रश्मिकाको मुख्य भूमिका रहेको फिल्म समीक्षा राम्रो आएकाले नेपालमा यो राम्रो हुने अपेक्षा गरिएको छ । क्यूएफएक्स चेनले फिल्मलाई ३४ शो उपलब्ध गराएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार