होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
समाचार

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

  • नागरिक रैबार
माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।’

उनले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वास समेत व्यक्त गरे ।एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि उनले बताए ।

विज्ञापन

यस्तै गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने देखिएकाले आफू यसको विपक्षमा उभिने भट्टराईले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै