होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पार्टी एकता जोगाउन एमाले नेता कसरतमा
राजनीति

पार्टी एकता जोगाउन एमाले नेता कसरतमा

  • नागरिक रैबार
पार्टी एकता जोगाउन एमाले नेता कसरतमा

काठमाडौँ– एमाले गठन गरेको विवाद समाधानका कार्यदलका सदस्यहरुको बैठकले पार्टी एकतालाई कसरी जोगाउने भन्ने विषयमा छलफल गरेको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलमा रहेका स्थायी कमिटि सदस्यहरुको बैठकले विवाद समाधानका लागि गठन गरेको कार्यदलले सहमति गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्ने बारेमा छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए ।

उनले भने,‘विगतका १० बुँदे सहमतिलाई आधार बनाएर कसरी एमाले एकता जोगाउने भन्ने विषयमा अनौपचारिक छलफल गरेका हौं ।’ उनले कार्यदलको बैठक नभएर स्थायी कमिटिका सदस्यहरुको बैठक भएको समेत बताए ।

विज्ञापन

उनले भने, ‘स्थायी कमिटिका बिचको अनौपचारिक भेटघाट हो । कार्यदलले गरेको सहमतिलाई आधार बनाएर कसरी पार्टी एकतालाई जोगाउने भन्ने विषयमा छलफल गरेका हौं । हामी सबैको गम्भिर सरोकार भनेको पार्टी एकतालाई जोगाउने हो ।’

एमालेले गठन गरेको तर शुक्रबार भंग गरेको कार्यदलका सदस्यहरुका बिचमा अनौपचारिक छलफल भएको भन्दै नेता विष्टले पार्टी एकता जोगाउनका लागि पार्टी पंक्तीमा रहेका चिन्ताअनुसार अनौपचारिक छलफलमा बसेको जानकारी दिए । उनले भने,‘एमालेलाई एकतावद्ध गर्न आम पार्टी पंक्ति चिन्तित छ । स्थायी कमिटिका केही सदस्यहरु अनौपचारिक छलफल गरेका हौं । एकतावद्ध बनाउनका लागि हामीले हाम्रा प्रयत्न गरिरहेका छौं । पार्टीभित्र देखिएको मनमुटावलाई कम गर्दै एकतावद्ध बनाउँछौं भन्ने सन्देश समेत दिन खोजेको हो ।’

आफ्नो ठाउँबाट पार्टी एकतालाई जोगाउन प्रयत्न जारी राख्ने विषयमा समेत छलफल भएको स्थायी कमिटि सदस्य विष्टले जानकारी दिए ।

बैठकमा कार्यदलले गरेको सहमतिअनुसार एमाले एकता कसरी जोगाउने भन्नेबारेमा छलफल भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले भने,‘१० बुँदे सहमतिपत्र पार्टी अध्यक्ष्लाई बुझाएर शिर्ष नेताहरु अनुमोदन गरिएको सहमतिलाई कार्यान्वयन गर्दै एमालेलाई एकतावद्ध गर्ने विषयमा विषयमा छलफल भएको छ ।’ कार्यदलले गरेको सहमति कार्यान्वयन भए एमाले एकता जोगिने विश्वास रहेको उनले बताए । उनले भने,‘१० बुँदे सहमति कार्यान्वयन गर्दा एमाले एकता जोगिन्छ भन्ने हाम्रो विश्वास छ ।’

एमालेले विवाद समाधानका लागि गठन गरेको कार्यदल भंग गर्ने निर्णय शुक्रबार मात्रै गरेको थियो । तर आज कार्यदलमा रहेका स्थायी कमिटिका नेताहरुका बिचमा छलफल भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार