होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कर्णालीमा कचकच : ओली पक्षले समर्थन फिर्ता लिँदा माधव पक्षले गर्‍यो विरोध
राजनीति

कर्णालीमा कचकच : ओली पक्षले समर्थन फिर्ता लिँदा माधव पक्षले गर्‍यो विरोध

  • नागरिक रैबार
कर्णालीमा कचकच : ओली पक्षले समर्थन फिर्ता लिँदा माधव पक्षले गर्‍यो विरोध

सुर्खेत । सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । गत दशैंताका नै पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । त्यतिबेला जेनतेन सरकार ढल्नबाट जोगिए पनि अहिले फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको हो । तर, एमालेकै माधव नेपाल पक्ष भने महेन्द्र बहादुर शाही नेतृत्वको माओवादी सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ ।

बुधबार बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमाले प्रदेश इञ्चार्ज कँडेल सहित १० जना सांसदहरु सहभागी थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए ।

विज्ञापन

सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया , बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही , देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए । सांसद पद्मा खड्का र पदमबहादुर रोकाया पनि माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका छन् ।

 

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समूहमै फर्किएको बुझिएको छ। यद्यपि, उनी बैठकमा सहभागी भने छैनन् । सामाजिक विकास मन्त्री दल रावल पनि ओली पक्ष एमालेमा फर्किने कुरा निश्चित रहेको स्रोतको दावी छ ।

तर कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफूहरुको आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । माधव नेपाल पक्षका उनले बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ ।’
ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफूहरुको असहमति रहेको पनि बताए । उनले यो निर्णय एमाले प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँछौ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार