होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषणा
मनोरञ्जन

निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषणा

  • नागरिक रैबार
निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषणा

निर्देशक निश्चल बस्नेत आज आफ्नो जन्मदिन मनाउँदैछन् । ४० बर्षमा प्रवेश गरेका निश्चल जन्मदिन मनाउन पालुङ्ग पुगेका छन् । उनी, नायिका स्वस्तिमा खड्कासँग जन्मदिन सेलिव्रेशन गर्न पालुङ्ग पुगेका हुन् ।

उनलै, निश्चलले सामाजिक संजालबाट आफैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नयाँ चलचित्रको पनि घोषणा गरेका छन् । निश्चल लेख्छन्–‘जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकुँ, राम्रो चलचित्र बनाउन सकुँ । यही दिएँ आफैलाई शुभकामना । यो बर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’

 

विज्ञापन

निश्चलले नयाँ चलचित्र निर्देशन गर्न लागेको चर्चा चलेपनि औपचारिक रुपमा उनले यसको घोषणा भने गरेका थिएनन् । तर, उनले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्र निर्देशनको घोषणा गरेका हुन् । यो चलचित्रलाई बुद्दि सागरले लेखिरहेका छन् ।

चलचित्रको बिषयवस्तु बारे खुलाइएको छैन । ३ वटा चलचित्र निर्देशन गरेका निश्चलको प्रोजेक्ट दर्शकका लागि सधै नै प्रतिक्षामा रहन्छ । नेपाली चलचित्र क्षेत्रमा संकटकाल नै घोषणा गर्ने तयारी भैरहँदा निश्चलले चलचित्र ‘लुट’ रिलिज गरेका थिए । उनको डेब्यू निर्देशनमा बनेको चलचित्रले बक्स अफिसमा धमाका मच्चाएपछि नेपाली चलचित्र क्षेत्रको कथा भन्ने शैली परिवर्तन भएको थियो ।

यसपछि, उनले निर्देशन गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ रिलिज भयो । तेश्रो चलचित्र ‘लुट २’ समिक्षागत रुपमा कमजोर भएपछि निश्चलले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनले, आफूलाई आइटम डान्सर तथा कलाकारको रुपमा अगाडि बढाएका थिए । तर, अब भने फेरि निश्चल चलचित्र निर्देशन गर्न कस्सिएका छन् ।

निश्चललाई जन्मदिन र चलचित्र सफलताको शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार