होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारलाई ओलीको प्रश्न : ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?
समाचार

सरकारलाई ओलीको प्रश्न : ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?

  • नागरिक रैबार
सरकारलाई ओलीको प्रश्न : ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको बताए ।

उनले देउवा सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’

उनले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए । उनले चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने बताए । उनले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार