होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप
समाचार

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

  • नागरिक रैबार
राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी बिनियमावली २०७७ परिच्छेद ३ को दफा १९) (ग) लाई थप गरिएको छ जसमा सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ । साथै सम्बन्धित प्रदेशसभा अन्तर्गतका सवै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिबेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन् ।

विज्ञापन

तर पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने बैठकले निर्णय गरेको पार्टीका केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राप्रपाले आगामी कार्तिक २७ गते महाधिवेशन गर्ने तय गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार