होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • महन्थ ठाकुर पक्षको बैठक बस्दै
राजनीति

महन्थ ठाकुर पक्षको बैठक बस्दै

  • नागरिक रैबार
महन्थ ठाकुर पक्षको बैठक बस्दै

जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।

उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । जसपा (महन्थ ठाकुर पक्ष)का कार्यकारिणी सदस्य अनिलकुमार झाले सर्वोच्चको आदेशको बारेमा जसपाको बैठक बसेर धारणा बनाउने बताए ।

प्रतिनिधिसभामा जसपा महन्थ ठाकुर पक्षको बहुमत छ । ३२ जना सांसदमध्ये २० जना महन्थ ठाकुरको पक्षमा छन् । बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतो संसदीय दलको नेता बनेका छन्
साउन ३ गतेदेखि निर्वाचन आयोगमा पार्टीको विवाद बारे बहस सुरु हुनेछ । त्यसअघि अर्थात २ गतेका लागि कार्यकारिणी र आजको लागि संसदीय दलको बैठक बोलाइएको हो ।

विज्ञापन

कार्यकारिणी सदस्य अकवाल अहमदले संसदीय दल तथा कार्यकारिणी समितिको बैठक बोलाइएको पुष्टि गर्दै बैठकका एजेन्डाबारे भने आफूलाई थाहा नभएको बताए ।

अध्यक्ष ठाकुरले हेरफेर गरि कायम गरिएको कार्यकारिणी समितिको बैठक बोलाइएको हो । कार्यकारिणी समितिबाट अध्यक्ष उपेन्द्र यादव पक्षका सदस्यलाई हटाएर ठाकुरले आफ्नो तर्फबाट २० जना राखेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार