होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग
मनोरञ्जन

नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग

  • नागरिक रैबार
नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग

कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् ।

अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएका नायक पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

पुष्पले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् । पुष्पले  भने–‘दैनिक अक्सिजनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहनु परेको छ । यस्तो अवस्थामा हरेक मानिसले आफूले सक्ने सहयोग गर्न आवश्यक छ ।’

विज्ञापन

पुष्पले आफू अझै पनि विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सहयोगका लागि अगाडि बढ्ने बताए । उनले भने–‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार