मङ्लबार, फाल्गुन २५, २०७७
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • धादिङमा फागुन ७ गतेदेखि टी-२० क्रिकेट
खेलकुद

धादिङमा फागुन ७ गतेदेखि टी-२० क्रिकेट

  • नागरिक रैबार
धादिङमा फागुन ७ गतेदेखि टी-२० क्रिकेट

४ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२०क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ ।

धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ ।

 

विज्ञापन

यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले बताए । प्रतियोगिता तीन दिन सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले बताए ।

प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु क्रिकेट टिम, गजुरी क्रिकेट टिम, त्रिपुरासुन्दरी क्रिकेट टिम, साङकोष क्रिकेट क्बल, गणेश हिमाल क्रिकेट टिम, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागि हुनेछन् ।

प्रतियोगिताको टाइसिट बुधबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।

राजधानी नजिकै रहेको जिल्ला धादिङमा पछिल्लो समय क्रिकेट गतविधिहरु बढिरहेको छ भने स्थानिय स्तरमा विभिन्न खालका प्रतियोगिताहरु भइरहेको छ । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न धादिङमा क्रिकेट प्रतियोगिताहरु आयोजना गरिएको कंडलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार