होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • अभिनाशको ५ विकेटसँगै एपीएफको सहज जित
खेलकुद

अभिनाशको ५ विकेटसँगै एपीएफको सहज जित

  • नागरिक रैबार
अभिनाशको ५ विकेटसँगै एपीएफको सहज जित

३ माघ काठमाडौं । अभिनाश बोहरा र बसन्त रेग्मीले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह एमा रहेको एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४२.२ ओभर खेल्दै १०८ रन मात्र बनाउन सक्यो ।

प्रदेश १ को लागि ओपनर मिनास थापाले सर्वाधिक १८ रन बनाए भने दिपेश कँडेलले १६ रन जोडे ।

विज्ञापन

प्रदेश १ लाई अलआउट गर्न एपीएफका अभिनाश बोहराले सर्वाधिक ५ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ विकेट लिए । किफायती बलिङ गरेका दुबैले कूल २० ओभर बलिङ गर्दा १०५ बल डट फाले ।

अभिनाशले १० ओभर बलिङ गर्दा ६ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ५ विकेट लिए । उनले ३ चौका दिए भने ५३ बल डट राखे ।

यस्तै बसन्तले १० ओभरमा ३ ओभर मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । उनले एक छक्का दिँदा ५२ बल डट फाले ।

यस्तै कप्तान शरद भेषावकर र किशोर महतोले १-१ विकेट लिए । प्रदेश १ का एक खेलाडी रनआउट भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएमको एपीएफ पनि ८ बल अगावै अलआउट भएको थियो ।

ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेको इनिङ्समा एपीएफले ४८.४ ओभर खेल्दै सबै विकेट गुमाएर २४३ रन बनायो । आसिफले ३२ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ५९ रन बनाए ।

शरद भेषावकरको कप्तानीमा उत्रिएको एपीएफको लागि बसन्त रेग्मीले पनि ४० रनको इनिङ्स खेले । ५२ बल खेलेका उनले ४ चौका र २ छक्का हालेका थिए । सन्दिप जोराले ३० र कप्तान भेषावकरले २० रन जोडे ।

ओपनर सुबास खकुरेल र किशोर महतोले समान १९ रन बनाए ।

बलिङमा प्रदेश १ का लागि फिर्दोस अन्सारी, दिपेश कँडेल, श्रवण यादव र हेमन्त राईले २-२ विकेट लिए ।

तस्वीरः क्यान

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार