होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रेम आले भन्छन्, ‘ओलीले पार्टी मिलाउन सक्नुभएन, अदालतको फैसलाको त स्वागत गर्छु’
राजनीति

प्रेम आले भन्छन्, ‘ओलीले पार्टी मिलाउन सक्नुभएन, अदालतको फैसलाको त स्वागत गर्छु’

  • नागरिक रैबार
प्रेम आले भन्छन्, ‘ओलीले पार्टी मिलाउन सक्नुभएन, अदालतको फैसलाको त स्वागत गर्छु’

धनगढी: पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका छन्।

ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताएका हुन्। तपाई अहिले पनि ओलीकै पक्षमा हुनुहुन्छ त ? भन्ने दिनेशखबरको प्रश्नमा आलेले भने, ‘ओलीले पार्टी मिलाउन पर्थ्यो तर उहाँले सक्नुभएन। बाँकी केही टिप्पणी गर्दैन। म बिरामी छु।’

उनले ओलीको साथ छोडे–नछोडेको विषयमा भने बोल्न मानेनन्। ‘सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको फैसलाको भने म पनि स्वागत गर्छु। अदालतको फैसला त सबैले मान्नै पर्‍यो नि,’ आलेले  भने।

विज्ञापन

एमालेमा विवाद बढेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका केही संघीय सासंद कित्ता परिवर्तन गर्ने तयारीमा लागेको चर्चा छ। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु ओली पक्ष छोडेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा जाने कसरत गर्न थालेका हुन्।

ओली सरकारमा क्याबिनेट मन्त्री रहेका एकजना एमाले सासंदले त ‘फ्लोर क्रस’ गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र त्यस्का लागि आफूलाई मन्त्री बनाउन पर्ने सर्त राखेको स्रोत बताउँछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै