होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीको घेरा तोडेर सर्वोच्चमा कानून व्यवसायीको धर्ना
समाचार

प्रहरीको घेरा तोडेर सर्वोच्चमा कानून व्यवसायीको धर्ना

  • नागरिक रैबार
प्रहरीको घेरा तोडेर सर्वोच्चमा कानून व्यवसायीको धर्ना

काठमाडौं । दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा धर्ना दिन सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन पुगेका हुन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगकाे छन ।

शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।

विज्ञापन

सर्वोच्चमा अहिले कडा सुरक्षा दिइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार