होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • १० महिनापछि हलमा नयाँ नेपाली फिल्म
मनोरञ्जन

१० महिनापछि हलमा नयाँ नेपाली फिल्म

  • नागरिक रैबार
१० महिनापछि हलमा नयाँ नेपाली फिल्म

कोरोना भाइरसका कारण गत फागुणको तेश्रो सातादेखि नयाँ नेपाली चलचित्र रिलिज हुन सकेको थिएन । गत बर्षको फागुण १६ गते चलचित्र ‘धुलो’ रिलिज भएको थियो । फागुण ३० गते ‘म यस्तो गीत गाउँछु २’ र चैत्र ७ गते ‘निरफूल’ नामक चलचित्र रिलिज गर्ने भनिएतापनि कोरोनाका कारण चलचित्र रिलिज हुन सकेका छैनन् ।

१० महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजबाट रिलिज भएको हो ।

 

विज्ञापन

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रले चलचित्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको थियो । १० महिनापछि नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको संकेत देखिएको छ ।

शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् ।

पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेर चलचित्र संघले पुराना २ नेपाली चलचित्र रिलिज गरेको थियो । तर, सरकारले नै हल खोल्ने अनुमती दिएपछि रिलिज भएको नयाँ चलचित्र भने ‘एउटा यस्तो प्रेम कहानी’ बनेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार