होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मंसिर बित्न लागेकोमा केकीलाई चिन्ता !
मनोरञ्जन

मंसिर बित्न लागेकोमा केकीलाई चिन्ता !

  • नागरिक रैबार
मंसिर बित्न लागेकोमा केकीलाई चिन्ता !

काठमाडौं । नायिका केकी अधिकारी चलचित्रमा निक्कै व्यस्त छिन् । बक्स अफिसमा केकीका चलचित्रले उत्साहजनक व्यापार नगरेपनि उनलाई कामको अभाव भने छैन । राम्रो अभिनय गर्ने भएकाले केकीलाई मेकरले पत्याएका छन् ।

चलचित्रसँगै केकीको व्यक्तिगत जीवनको चर्चा पनि बेलाबखत हुने गर्दछ । त्यसमा पनि उनको विवाहको चर्चा धेरै हुने गरेको छ ।

विवाहको महिना आउने बित्तिकै मिडियादेखि शुभेच्छुकसम्मले उनलाई बिहे कहिले भनेर सोध्ने गर्छन् । केकीको जवाफ भने सधैं एउटै हुन्छ, ‘भनेजस्तो युवक नै पाएको छैन ।’

विज्ञापन

त्यसो त, केकीको प्रेमको चर्चा पनि मिडियामा निक्कै कम मात्र हुने गर्दछ । केकी पनि यो विषयमा खुलेर कुरा गर्दिनन् ।

तर, अब केकीलाई मंसिर महिना बित्न लागेकोमा भन्ने चिन्ता लागेको छ । सामाजिक सञ्जालमा उनले ‘मंसिर पनि जान लाग्यो त’ भन्दै तस्वीर शेयर गरेकी छन् । यसबाट केकीलाई मंसिरमै घरजम नभएकोमा चिन्ता लागेको हो कि भन्ने बुझ्न सकिन्छ ।

चलचित्र क्षेत्रमा केकीभन्दा पछि आएका धेरै नायिकाहरु घरजममा रमाइसकेका छन् । केकी भने बिहेको सिजन जान लाग्यो भनेर चिन्ता मानिरहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार