होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साल्ट ट्रेडिङले मनायो ५९ औं वार्षिकोत्सव
समाचार

साल्ट ट्रेडिङले मनायो ५९ औं वार्षिकोत्सव

  • नागरिक रैबार
साल्ट ट्रेडिङले मनायो ५९ औं वार्षिकोत्सव

साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आइतबार कम्पनीले एक विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले सरकारको निर्देशनलाई पूर्ण पालना गरेको बताए ।
उनले कर्पोरेशनले आवश्यकताअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको बताए । उनले भने, ‘हामीले सरकारले दिएको निर्देशनलाई पूर्ण पालना गरेका छौं । निर्देशन पालना गर्दै हामीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन दिएका छैनौँ ।’

यस्तै, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशन दैनिक उपभोग्य वस्तुको व्यापार गर्ने लक्ष्यसहित खुलेको कम्पनी भएको बताइन् । उनले उक्त लक्ष्यसहित स्थापना भएको ५८ वर्ष पुरा गरेर ५९ औं वर्षमा लागेको समेत जानकारी दिए ।

कर्पोरेसनले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वलाई बालहितकारी पुरस्कार र दुई जना कर्मचारीलाई उत्कृष्ट काम गर्ने कर्मचारीको पुरस्कार दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार