होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीमा देउवाको पाँचौँ इनिङ्स, राजाले खोसेको जिम्मेवारीदेखि अदालती आदेशले आइलागेको अवसरसम्म
देश/प्रदेश

प्रधानमन्त्रीमा देउवाको पाँचौँ इनिङ्स, राजाले खोसेको जिम्मेवारीदेखि अदालती आदेशले आइलागेको अवसरसम्म

  • नागरिक रैबार
प्रधानमन्त्रीमा देउवाको पाँचौँ इनिङ्स, राजाले खोसेको जिम्मेवारीदेखि अदालती आदेशले आइलागेको अवसरसम्म

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा पाँचौं इनिङ्स सुरु हुँदै छ । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै देउवाले सत्तारोहणको पाँचौँ यात्रा सुरु गर्ने भएका हुन् ।सर्वोच्च अदालतको परमादेशअनुसार उनलाई मंगलबार अपराह्न ५ बजेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्नेछ ।

देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भएका थिए । देउवाको दोस्रो सत्तारोहण २०५८ साउन ११ मा भएको थियो । त्यस कार्यकाल २०५९ असोज १८ सम्म कायम भएको थियो । उनी तेस्रो पटक २०६१ जेठ २१ मा प्रधानमन्त्री भएका थिए । त्यो कार्यकाल २०६१ माघ १९ सम्म चलेको थियो ।

०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई ०६१ मा पुन: प्रधानमन्त्री बनाएका थिए । ज्ञानेन्द्रले संसद् पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री भएका थिए । तर, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पुन: हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।

विज्ञापन

२०६१ सालपछि देउवा २०७४ साल २३ जेठमा प्रधानमन्त्री बनेका थिए । उनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन गराएका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तिको परमादेश दिएसँगै उनी पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि सदनमा एक महिनाभित्र उनले विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ । र, देउवाकै नेतृत्वमा चुनावी सरकार बन्नेछ ।संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बन्न ओली र देउवाले राष्ट्रपतिसमक्ष पेस गरेको हस्ताक्षर राष्ट्रपतिबाट खारेज भएको थियो । त्यसविरुद्ध १ सय ४६ सांसदको हस्ताक्षरसहित अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै रिट परेको थियो । त्यही रिटका आधारमा देउवालाई प्रधानमन्त्री बनाउने फैसला भएको हो ।सिलापत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार