होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले सांसदले मार्यादापालकको पाखुरामा टोके, कोटले जोगिए !
समाचार

एमाले सांसदले मार्यादापालकको पाखुरामा टोके, कोटले जोगिए !

  • नागरिक रैबार
एमाले सांसदले मार्यादापालकको पाखुरामा टोके, कोटले जोगिए !

शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले सभामुखलाई आक्रमण गर्न मर्यादापालकको काँध मात्र चढेनन् केही मर्यादापालकलाई टोकेको र चिथोरेकोसमेत पाइएको छ ।

आफ्नो दलको विरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सभा सञ्चालन गर्न थालेपछि आक्रोशित र उत्तेजित भएका केही एमाले सांसदहरू मर्यादापालकको काँधमा चढेर सभामुखको आसनतर्फ जान खोजेका थिए । सभामुख र रोष्टममा बोलिरहेका अर्थमन्त्री जनार्दन शर्माको सुरक्षाको लागि हाते साङ्लो बनाएर बसेका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरूको पेलान रोक्न धौ धौ परेको थियो । मर्यादापलाकको हातेसाङ्लो तोडेर सभामुख र अर्थमन्त्रीलाई आक्रमण गर्न रोष्टम पुग्न केही सांसदले मर्यादापालकको हातमा समेत टोकिदिएका हुन् ।

शुक्रबारको प्रतिनिधि सभामा भएको गतिविधिको भिडियो तथा फोटोमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको कान्तिपुर दैनिकका फोटो पत्रकारले खिचेको एक फोटोमा एमालेका एक सांसदले मर्यादापालकलाई टोकिरहेको देख्न सकिन्छ ।

विज्ञापन

No description available.

यसबारे हामीले सङ्घीय संसद् स्रोतसँग बुझ्दा मर्यादापालकले बनाएको घेरा तोड्न एमाले सांसदले पाखुरामा टोकेको पुष्टि ग–यो ।

पाखुराको कपडामा दाँत गाडिए पनि घाउ नलागेको र घाइते नभएको संसद् सचिवालय स्रोतले बतायो । यस्तै ५ जना मर्यादापालकको छातीमा टाँसेको आफ्नो नेमप्लेट समेत चुँडालिएको छ । पाखुरामा टोकिएका मर्यादापालको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, ‘मर्यादापालकमाथि चढ्ने काम मात्र भएको छैन, एक जना साथीलाई टोकिएको समेत छ । ५ जना साथीहरूको छातीमा लगाइएको नेम प्लेट चुँडालिएको छ । तर ती साथी गम्भीर घाइते भनेर केही अनलाइनमा समाचार आए पनि उनी घाइते चाहिँ भएका छैनन् । हातमा सर्ट र कोट भएका कारण दाँत गाडिए पनि घाउ हुन रोकिएछ ।’ सभामुखको अगाडि सुरक्षाका लागि चेन बनाएर बसेका मर्यादापालको सो चेन फुस्काउन टोकेको र केही मर्यादापालक चिथोरिएको समेत उल्लेख गरे ।

 

मर्यादापालकलाई टोक्ने सांसद को हुन भन्नेबारे खुलेको छैन । तस्बिरमा ती सांसदले निहुरिएर पाखुरामा टोकिरहेको देख्न सकिन्छ । साथै एमाले सांसदहरूले प्रतिनिधि सभा बैठकको पहिलो लहरमा रहेको सत्तापक्षको डेस्कको ‘सत्तापक्ष’ लेखेको प्लेट समेत निकालिदिएका छन् ।

एमाले सांसदहरूले आफ्ना साथीहरूलाई उचालेर मर्यादापालकको काँधमा चढाएर रोष्टममा पु–याउने प्रयास गरिरहेका थिए । सांसदहरू गंगा चौधरी सत्गौवा, आशा कुमारी विक, नारदमुनि राना लगायत मर्यादापालकको काँधमा चढेर सभामुखको आसनमा पुग्न खोजेपनि मर्यादापालकले रोक्न सफल भएका थिए ।

आक्रमण गर्ने योजना रहेको सांसद झाको खुलासा

एमालेको विरोधका बीच सभामुखले सभाको कामकारबाही अगाडि बढाएमा आक्रमण गर्ने योजना रहेको एमाले सांसद रेखा कुमारी झाले बताएकी छिन् । प्रतिनिधि सभाको बैठक सकिएपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै सांसद झाले भनेकी छिन्–‘जे पाइन्छ त्यसले टाउको फुटाइदिने हाम्रो षड्यन्त्र थियो, हामी टाउको फुटाइदिन्थ्यौँ । मैले पाएको भए माइकले सभामुखलाई र अर्थमन्त्रीलाई हान्थेँ ।’ उनले हिर्काउनका लागि माइक ताने पनि मर्यादापालकहरुले रोक्न सफल भएका थिए । सांसद झाले विरोधका बिच एकतर्फी रूपमा सदन चलाउन पाइन्छ भन्दै आक्रोश समेत पोखेकी छिन् । सभामुख सापकोटाले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदबारे जानकारी नगराई पार्टी फुटाउन सहयोग गरेर संसदीय मर्यादा उल्लङ्घन गरेको उल्लेख गरिन् ।

शुक्रबार प्रतिनिधि सभाको दुई वटा बैठक बसेको थियो । एमालेको चर्को विरोध र नाराबाजीका बिच सञ्चालन भएको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई स्वीकार गरियोस् भनेर गरेको प्रस्ताव स्वीकृत भएको थियो । साथै दोस्रो बैठकमा आर्थिक अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार