होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेता–कार्यकर्ताहरु रिहा गर्न मालेको माग
समाचार

नेता–कार्यकर्ताहरु रिहा गर्न मालेको माग

  • नागरिक रैबार
नेता–कार्यकर्ताहरु रिहा गर्न मालेको माग

एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न नेकपा (माले) ले माग गरेको छ । शनिबार दरबारमार्ग स्थित एमसीएको अफिस रहेको होटल याक एण्ड यति अगाडि त्रिचन्द्र मोडमा प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले एमसीए.अफिस बन्द गर ! एमसीसी प्रतिनिधि फिर्ता जाऊ ! एमसीसी सम्झौता खारेज गर ! जस्ता नारा लगाउँदै कालोझण्डा देखाएर बिरोध प्रदर्शन गरेका थिए । आन्दोलनरत नेता कार्यकर्ताहरु नाराबाजी गर्दै एमसीसी.उपाध्यक्ष फतिमा सुमार सहितको प्रतिनिधि मण्डल बसेको होटेल मेरियटतर्फ जाँदै गर्दा हात्तिसार चोकमा प्रहरीको अवरोधका बीच कोणसभा गरेका थिए ।

उक्त कार्यक्रम समापन पश्चात् फर्कने क्रममा नेकपा (संयुक्त) का नेता मधु बिसी सहित आन्दोलनरत पार्टी संगठनका सात जना नेता÷कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको नेकपा (माले) को केन्द्रीय कार्यालय सचिवले जानकारी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार