होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ
मनोरञ्जन

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ

  • नागरिक रैबार
टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ

समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुरु हुने भएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको हो ।

 

कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् । ‘जातको प्रश्न’ को दोस्रो सिजन १२ अङ्कको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् ।

विज्ञापन

यस पटक जातको प्रश्नमा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले भने – ती कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् । यो प्रतिरोधमा गैर–दलित सहानुभूतिको अन्तरघुलनले जात व्यवस्थालाई चुनौती दिँदै स्वयंले पाएको सुविधा/विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउनेछ ।

समता फाउन्डेसन २०६५ सालमा स्थापना भएको हो । यसले दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ र यसैको आधारमा नीतिगत पैरवी गरी रहेको छ । समता फाउन्डेसन ‘जातको प्रश्न’ सँगै मानवअधिकार र न्याय, लैङ्गिक समानता, श्रम आप्रवासन, जलवायु परिवर्तनजस्ता जटिल विषयमा समेत समाधानमुखी बहस र पैरवी गरी रहेको छ । साथै, नेपालका सातै प्रदेशमा दलित सशक्तीकरण र विकासका लागि निरन्तर काम गरिरहेको छ । समता फाउन्डेसन सामाजिक न्याय र समतामूलक समाजका निम्ति युवाको सिर्जनात्मक र अर्थपूर्ण भूमिकालाई प्रोत्साहन गर्दै ज्ञान निर्माणमा प्रतिबद्ध छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार