होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नयाँ बानेश्वरमा हल खोल्दै दीपक–दीपा
मनोरञ्जन

नयाँ बानेश्वरमा हल खोल्दै दीपक–दीपा

  • नागरिक रैबार
नयाँ बानेश्वरमा हल खोल्दै दीपक–दीपा

नेपाली चलचित्र क्षेत्रमा ब्लकबस्टर चलचित्र दिएका निर्माता दीपकराज गिरी र उनको टिमले सिनेमा हलमा पनि लगानी गरेको छ । दीपकराज गिरी र उनको टिमसँगै अन्य केही व्यवसायीहरुको लगानीमा नयाँ बाँनेश्वरमा ९ करोड लगानीमा हल संचालन गर्ने तयारी गरिएको छ । अहिले यो हलको निर्माण काम भैरहेको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले हल बन्द भैरहेको खबर आइरहेको समयमा हल खुल्न लागेको खबर सार्वजनिक हुँदा चलचित्र क्षेत्रमा सकारात्मक सन्देश जाने भएकाले पनि यो कुरालाई सार्वजनिक गरेको बताए । उनले भने–‘हल संचालन गर्ने भन्ने योजना त हाम्रो पहिलेदेखि नै हो । कोभिडको महामारी नभएको भए सायद दशैंसम्म हल संचालन पनि भैसक्थ्यो । तर, अब हाम्रो टार्गेट भनेको नयाँ बर्षलाई हो ।’

दीपकले आफूहरुले यही क्षेत्रबाट नै आम्दानी गरेकाले यही क्षेत्रमा नै लगानी गर्न लागेको बताए । उनले भने–‘हामी घरको खाना खाएपनि रेष्टुरेन्ट जान्छौं । मोबाइलमा चलचित्र हेरेपनि हलमा हेरेको जस्तो मज्जा आउँदैन । यही सोचेर नै हामीले हलमा लगानी गरेका हौं ।’

विज्ञापन

उनले, आफूहरुले निर्माताको भावना र पीडा पनि वुझेकाले पनि निर्माताहरुका लागि राम्रो गर्ने उद्देश्यले नै हल संचालन गर्न लागेको बताए । चलचित्र क्षेत्र सबैभन्दा बढी जोखिम भएको क्षेत्र हो । तर, यही क्षेत्रबाहेक अन्य क्षेत्रको आइडिया धेरै नभएकाले पनि यसमै लगानी गरेको दीपकले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै