होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने
पत्रपत्रिका

प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने

  • नागरिक रैबार
प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने

पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् ।

अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेविस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समयतालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । पछिल्ला दिन गण्डकीमा प्रचण्ड–नेपाल र ओली दुवै पक्षको भेला तथा कार्यक्रम बाक्लै हुन थालेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार