होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘पारस’मा अनमोल मात्र फाइनलः भूवन केसी
मनोरञ्जन

‘पारस’मा अनमोल मात्र फाइनलः भूवन केसी

  • नागरिक रैबार
‘पारस’मा अनमोल मात्र फाइनलः भूवन केसी

नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ ।’

भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा पनि विभिन्न चर्चाहरु भैरहेका छन् । तर, निर्माता भूवन केसीले अहिलेसम्म नायक अनमोल केसी र लेखक प्रदिप भारद्धाज बाहेक अरु कोही पनि फाइनल नभएको बताए ।

 

विज्ञापन

उनले भने–‘बजारमा जे जस्ता हल्ला चलेपनि अहिलेसम्म अनमोल र प्रदिप भारद्धाज मात्र फाइनल छन् । अरु, टिमको बारेमा केही दिनमै हामी जानकारी दिनेछौ ।’

निर्माता केसीले चलचित्रका कलाकारका लागि अडिसन भैसकेको बताए । तर, नायिका फाइनल गर्न केही दिन लाग्ने उनको तर्क छ ।

चलचित्रमा अनमोल एक्सन अवतारमा देखिनेछन् । सुरुवातमा यो चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्ने पक्का भएको थियो । तर, माधवले चलचित्रको मुख्य भूमिकाका लागि नायक अनमोल केसीलाई अफर गरेका थिए । यसपछि, चलचित्रमा भूवन केसीको पनि निर्माताको रुपमा प्रवेश भएको थियो । तर, अन्त्यमा माधव नै यो चलचित्रबाट अलग भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै