होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • यस्तै हो भने एमाले पाटीपौवा बन्छ : भीम रावल
Breaking News

यस्तै हो भने एमाले पाटीपौवा बन्छ : भीम रावल

‘२७ गतेसम्म हेरौँ, त्यसपछि अर्कै ढंगले सोच्नुपर्ने हुन सक्छ’

  • नागरिक रैबार
यस्तै हो भने एमाले पाटीपौवा बन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् ।

१० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या रहेको रातोपाटीलाई बताए । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले कार्यदलका संयोजकसमेत रहेका रावलले काम गर्न नसकेको भनेर गरेको टिप्पणीप्रति पार्टीले निर्णय कार्यान्वयन नगर्ने र गर्न नदिनेहरू नै असक्षम रहेको प्रतिउत्तर दिए ।

‘पार्टीको त्यत्रो ठुलो निर्णय, पार्टीका ११ जना स्थायी कमिटीका सदस्यहरूले गरेको सहमति जसले कार्यान्वयन गर्न नदिएर बाधा खडा गर्छ, जसले आफैँले गरेका निर्णयहरू कार्यान्वयन गर्न दिँदैनन्, असक्षम त ती व्यक्तिहरू हुन्, म होइन’, रावलको भनाइ छ ।

विज्ञापन

बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुने बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनको प्रश्न छ, ‘अपानि (अन्तरपार्टी निर्देशन) १२ झापामा लागु हुने, सुदूर पश्चिममा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?प्रस्तुत छ एमाले नेता रावलसँग रातोपाटीका फणिन्द्र नेपालले गरेको कुराकानी :

महाधिवेशनको संघारमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज (मंगलबार) का लागि बोलाएको बैठकलाई तपाईंले अवैध भन्दै आपत्ति जनाउनुभएको छ, बैठक कसरी अवैध भयो ?

हामीले गरेको १० बुँदे सहमतिमा २०७५ साल जेठ २ अगाडिका सम्पूर्ण कमिटीहरू तदनुरूप क्रियाशील हुनेछन् भन्ने व्यवस्था गर्‍यौँ । त्यो सहमतिलाई केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो । १० बुँदे सहमतिका प्रावधानलाई कार्यान्वयन गर्न अन्तरपार्टी निर्देशन–१२ को बुँदा ‘क’ मा प्रदेश समन्वय कमिटी पनि पूर्ववत् क्रियाशील हुनेछ भनेर लेखिएको छ । त्यसको भाषा प्रदेश समन्वय कमिटी नै भनिएको छ । त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गर्नुभएको छ ।

तर, अहिले आएर यो सुदूरपश्चिम प्रदेशमा सदस्यता नवीकरण पनि जथाभावी ढंगले गर्ने, पार्टी जिल्ला कमिटीमा माथिबाटै मान्छे नियुक्ति गरेको भनेर पत्र पठाउने, १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयलाई पनि नमानेर कथित सुदूरपश्चिम कमिटीको बैठक बोलाउने । जबकि अपानि १२ र १० बुँदे सहमति मान्ने हो भने त्यसको (पार्टी एक हुँदाको) म संयोजक हुँ । एकीकरणपछि म इन्चार्ज हुँ । योबाहेक अरू पनि थुप्रै साथीहरू हुनुहुन्छ, कतिलाई खबर नै गरिएको छैन ।

​संस्थापन पक्ष हुँ भन्ने र गुटबन्दी गर्ने कुरा र काम अवैध, आपत्तिजनक र १० बुँदे र अपानि विपरित छ भनेर मैले भनेको हुँ । त्यसकारण त्यो बैठकका सम्पूर्ण निर्णय मेरा लागि अमान्य छन् । किनभने, पार्टीको निर्णयविपरीत यो काम भइरहेको छ । यसरी नै पार्टी चलाउने हो भने जनताको बहुदलीय जनवाद होइन, कसैको मनपरीवादको शिकार हुन्छ । मनपरीवादले कुनै पनि पार्टी अगाडि जान सक्दैन ।

बैठक नै अवैध भनेर तपाईंले भनेपछि तपाईं बैठकमा सहभागी हुने कुरै भएन । संस्थापनले तपाईंलाई कुरेर पनि नबस्ला । त्यसपछि तपाईंको भूमिका के हुन्छ त ?

यो बैठक मैले बोलाउनुपर्ने हो । अनि अरूले बोलाएको बैठकमा म जाने भन्ने कुरा छ हास्यास्पद हुन्छ । यसका परिणामहरू भोलि देखिँदै जानेछन् । अहिले नै मैले यो गर्छु भनेर भन्ने कुरा भएन । त्यसैले क्रमशः धेरै कुराहरू आउँदै जान्छन्, खुल्दै जान्छन् । कहाँ अत्याचार भएको छ ? कहाँ विधान मिचिएको छ ? कहाँ पार्टीका निर्णयहरू मिचिएका छन् ? कहाँ स्वेच्छाचारी र मनपरीतन्त्र छ ? ती कुराहरू सबै भोलि बाहिर आउँदै जानेछन् । जनताले पनि बुझ्दै जानेछन् । मैले त समयमै पार्टीलाई यसो नगर है भनेर ध्यानाकर्षण गराउने हो, त्यो मैले गराएँ । मेरो ध्यानाकर्षण कसैले पनि सुन्दैन भन्ने छैन, यो देशमा सुन्ने मान्छे पनि त होलान् नि ।मैले झण्डै ५० वर्ष पार्टीमा काम गरेँ, यस्तो खालको व्यवहार कहिल्यै पनि देखेको पनि छैन । यस्तै गर्ने र यसरी नै पार्टी बन्छ भन्ने हो भने यो पार्टी होइन, पाटीपौवा चाहीँ बन्छ ।

एमाले महाधिवेशन सन्निकटमा छ । तपाईंले पहिलेदेखि नै भन्दै आएको १० बुँदेको प्रश्नमा सुनुवाइ पटक्कै भएको छैन । यस्तो बेलामा महाधिवेशन प्रभावित हुने सम्भावना कति देख्नुहुन्छ ?

महाधिवेशनका बारेमा अहिले पनि मलाई कतिपय जिल्लाका साथीहरूले फोन गरिरहेका छन् । त्यहाँ प्रतिस्पर्धा हुन नदिने, कथित व्यक्तिहरूले गरेको घोषणा मानेर जानुपर्ने, पार्टी सदस्यता नवीकरण पनि गर्न नदिने खालका कुराहरू भए भनेर मलाई फोनहरू आइरहेका छन् ।

यदि यस्तो भयो भने जनताको बहुदलीय जनवादको त कुरै छाडौँ, यो सामान्य लोकतन्त्रको पनि धज्जी उडाएको ठहरिन्छ । लोकतन्त्रको धज्जी उडाएर महाधिवेशन गर्ने हो भने त्यसका लागि किन चाहियो र ? त्यसो गर्नुभन्दा त कसैले कसैको कोठाबाट फलानो अध्यक्ष भो, फलानो यो भयो भनेर घोषणा गरिदिए भैगयो नि ! यदि त्यस्तै भयो भने त्यसका परिणामहरू भोग्नुपर्ला ।

महाधिवेशन प्रतिनिधिहरू छनोट गर्ने प्रक्रिया नै सुरु भइसकेको छ र धेरैजसो प्रतिनिधिहरू ओली निकटका छानिने गरी मापदण्ड तय गरिएको भन्ने गुनासो सुनिन थालिएको छ । यदि यस्तो हो भने त ओली विरोधीहरू त महाधिवेशनमा पत्ता साफ हुने देखियो नि ?

यसबारेमा उठेका गुनासाका बारेमा म केही तथ्य नै भन्दिन्छु । केसम्म गरिएको छ भने पार्टी सदस्य नै नभएका व्यक्तिहरू, हिजोको विरोधी पार्टीमा भएकाहरूको नाम हालेर यी मान्छेहरू कथित समायोजनमा आएका हुन् भन्दै कुन क्षेत्रमा कति आफ्ना मान्छे हालेपछि अरूलाई हराउन सकिन्छ भनेर यस्तो खालको व्यवहार भइरहेको छ । मैले झण्डै ५० वर्ष पार्टीमा काम गरेँ, यस्तो खालको व्यवहार कहिल्यै पनि देखेको पनि छैन । यस्तै गर्ने र यसरी नै पार्टी बन्छ भन्ने हो भने यो पार्टी होइन, पाटीपौवा चाहीँ बन्छ ।

आज आएर मेरै प्रदेशमा मेरै आँखा अगाडि खुलेआम यो पार्टीको सदस्य नै नभएका, योगदान नै नभएका, कुनै भूमिका नखेलेका र यो पार्टीविरुद्ध काम गरेका मान्छेलाई ल्याएर सदस्य भन्दै मनपरी महाधिवेशन प्रतिनिधि चयन हुन्छ भने त्यो कुनै हालतमा मान्य हुँदैन । होइन, कसैले त्यस्तै खालको पार्टी बनाउन खोजेको हो भने त्यो क्षणिक उन्मादबाहेक केही हुँदैन ।

एमालेभित्रको ‘अन्याय’ विरुद्ध तपाईंले त आवाज उठाइरहनुभएको छ । तर, विगतमा तपाईंसँगै रहेका नेताहरू मौन बसेका छन् । यसरी अध्यक्ष केपी ओलीसँग तपाईं एक्लै लड्न सक्नुहुन्छ ?

मैले कसैसँग वा केपी ओलीसँग लड्न खोजेको होइन । जुन पार्टीमा मैले ५० वर्ष पसिना बगाएँ, जुन पार्टी बनाउन सिर्जना गरेर सुदूरपश्चिमका डाँडाकाँडा र विकट गाउँहरू पुगेर, जनताको घरदैलोमा गएर हिजोका द्वन्द्वका दिनहरूदेखि लिएर पञ्चायतका बेलामा समेत संगठन गरेँ, म सत्यको पक्षमा उभिएको छु, पार्टीको विधिको पक्षमा उभिएको छु । जनताको बहुदलीय जनवादको पक्षमा उभिएको छु । यो राष्ट्रको स्वाधीनता र स्वाभिमानको पक्षमा उभिएको छु, यो मेरो दृढता हो ।

अब अरू मान्छे, कसले कहाँ के गर्छ, त्यो उहाँहरूलाई नै सोध्ने कुरा हो । एउटा व्यक्तिले आफ्नो विवेकअनुसार देश र जनताप्रतिको इमानअनुसार काम गर्ने हो । पार्टीप्रतिको माया अनुसार काम गर्ने हो । मैले यो पार्टीमा यत्रो ठुलो विवाद हुँदा पनि अग्रपंक्तिमा रहेर पार्टीलाई मिलाऔँ र नेकपा एमालेलाई जोगाऔँ भनेको हो ।

तर, आज आएर मेरै प्रदेशमा मेरै आँखा अगाडि खुलेआम यो पार्टीको सदस्य नै नभएका, योगदान नै नभएका, कुनै भूमिका नखेलेका र यो पार्टीविरुद्ध काम गरेका मान्छेलाई ल्याएर सदस्य भन्दै मनपरी महाधिवेशन प्रतिनिधि चयन हुन्छ भने त्यो कुनै हालतमा मान्य हुँदैन । होइन, कसैले त्यस्तै खालको पार्टी बनाउन खोजेको हो भने त्यो क्षणिक उन्मादबाहेक केही हुँदैन ।

तपाईंले यसो भन्दै गर्दा अध्यक्ष लगायतका कतिपय नेताहरूले एमालेमा अब कुनै विवाद छैन । एकदुई जना व्यक्तिका कारण विवाद भएजस्तो देखिए पनि त्यो व्यक्तिगत हो भनिरहेका छन् नि ?

त्यस्ता व्यक्तिहरूलाई मैले व्यक्तिगत रूपमा केही भन्नु छैन । तर, भन्नैपर्ने कुरा यो पार्टीभित्र १० बुँदे कार्यान्वयनका सम्वन्धमा गम्भीर मतभेद छ । केन्द्रीय कमिटीमा मैले फरक मत व्यक्त गरेको थिएँ । केन्द्रीय कमिटीका थुप्रै सदस्यहरू जो हिजोको मतभेदमा दुई पक्ष भएका थियौँ, यो पार्टी जोगाऔँ भनेर साथीहरू आउनुभएको छ, उहाँहरू चिन्तित हुनुभएको छ ।

मैले पार्टी एक बनाउन १० बुँदे सहमति गर्ने कुरामा अग्रणी भूमिका निर्वाह गरेको हुँ । पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको १० बुँदे कार्यान्वयनका लागि अपानि १२ पनि जारी गरियो । पार्टीको त्यत्रो ठुलो निर्णय, पार्टीका ११ जना स्थायी कमिटीका सदस्यहरूले गरेको सहमति, जसले कार्यान्वयन गर्न नदिएर बाधा खडा गर्छ, जसले आफैँले गरेका निर्णयहरू कार्यान्वयन गर्न दिँदैनन्, असक्षम त ती व्यक्तिहरू हुन्, म होइन ।

मैले कैयौँ जिल्लाका साथीहरूको पनि कुरा सुनेको छु, उहाँहरूको मनमा अत्यन्त ठुलो असन्तुष्टि र गुनासो छ । यहाँ अत्याचार भइरहेको छ, मनपरी भइरहेको छ भनेर उहाँहरूले मलाई भन्नुभएको छ । त्यो कुरा कतिपयले मुख खोलेर भन्न सक्छन् भने कतिले मुख खोल्न पनि नसक्लान्, त्यो बेग्लै कुरा हो । त्यसकारण यहाँ केही छैन, सब ठीकठाक छ भन्ने कुरा कसैको आत्मरति हुन सक्छ वा सत्य कुरालाई ढाकछोप गर्ने कुरा हुन सक्छ ।

अस्ति भर्खर केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्यो । यस्ता असन्तुष्टि र गुनासाहरूका बारेमा तपाईंहरुले किन प्रष्ट ढंगले राख्न सक्नुभएन र सम्बोधन भएन त ?

मैले प्रष्ट ढंगमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा फरक मत व्यक्त गरेको हो । त्यो सम्पूर्ण सञ्चारमाध्यममा आइसकेको छ । त्यसपछि मैले कार्यदलबाट नै राजीनामा पनि दिएँ । किनभने कार्यदलका कुरा सुनिएन, १० बुँदे सहमतिको कार्यान्वयन हुँदैन भन्ने कुरा अध्यक्षबाटै आयो । यो घटनापछि मैले सारा विवरण खोलेर १० पृष्ठ लामो फरक मत राखेको हो । त्यसकारण हामीले बोलेनांै, कुरा राखेनौँ भन्ने कुरा सही होइन । यो लोकतन्त्र हो, भित्र कुरा नसुनिएपछि, दबाइएपछि र मनपरी काम हुन थालेपछि सार्वजनिक रूपमा बोल्न म बाध्य भएको हुँ ।

तपाईं १० बुँदे निर्माणदेखि त्यो कार्यान्वयन गर्ने कार्यदलको संयोजक पनि हुनुहुन्थ्यो । तर तपाईंले राजीनामा दिएपछि अध्यक्ष ओलीले तपाईंले कार्यदलमा रहेर कामै गर्न सक्नुभएन । त्यो ठुलो कुरा पनि होइन भन्ने जवाफ दिनुभएको थियो नि ? यसले त तपाईं असक्षम देखिनुभएन र ?

कुन व्यक्तिले कहाँ के भने, व्यक्तिगत कुरामा म जान चाहन्नँ । तर एउटा कुरा तपाईंलाई प्रष्ट पार्छु । मैले पार्टी एक बनाउन १० बुँदे सहमति गर्ने कुरामा अग्रणी भूमिका निर्वाह गरेको हुँ । पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको १० बुँदे कार्यान्वयनका लागि अपानि १२ पनि जारी गरियो । पार्टीको त्यत्रो ठुलो निर्णय, पार्टीका ११ जना स्थायी कमिटीका सदस्यहरूले गरेको सहमति, जसले कार्यान्वयन गर्न नदिएर बाधा खडा गर्छ, जसले आफैँले गरेका निर्णयहरू कार्यान्वयन गर्न दिँदैनन्, असक्षम त ती व्यक्तिहरू हुन्, म होइन ।

पार्टीमा विवाद कायमै छ, महाधिवेशन प्रतिनिधि एकलौटी ढंगले छनोट भइरहेको छ । यस्तो अवस्थामा हुने महाधिवेशनमा तपाईंको उपस्थिति वा सहभागिता कस्तो हुन्छ ?

म अहिले अछाम जिल्लामा छु । म अहिले महाधिवेशनमा कसरी जान्छु, के गर्छु भन्ने कुरा पार्टीमा समेत संस्थागत रूपमा छलफल नभएको हुनाले छलफल हुन्छ कि भन्ने अपेक्षा गरेर प्रतीक्षा गरिरहेको छु ।

यदि पार्टीमा छलफल भएर विषम परिस्थितिमा फराकिलो मनस्थितिका साथ जानुपर्‍यो, योग्यता क्षमताका आधारमा अगाडि आउन दिने, निष्पक्ष ढंगले निर्वाचन हुन दिने स्थिति बन्यो भने सोच्नुपर्ने स्थिति हुन सक्छ । त्यसविपरीत गतिविधि भए भने अर्कै ढंगले सोच्नुपर्ने हुन सक्छ । २७ गते प्रतिनिधि छनोट हुँदैछ, त्यसबेलासम्म स्थिति कसरी जान्छ र त्यसभन्दा पछि पनि पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने छलफल हुन्छ कि, त्यो हेर्छु ।

भनेपछि २७ गते महाधिवेशन प्रतिनिधि कसरी छनोट हुन्छ, त्यो हेरेर आगामी कदम चाल्ने तपाईंको प्रयास हो ?

हो, प्रतिनिधि छनोट गर्ने प्रक्रिया त हेर्नैपर्छ । रातोपाटीबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार