होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका पूर्व सभासद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त
Breaking News

बाजुराका पूर्व सभासद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त

  • नागरिक रैबार
बाजुराका पूर्व सभासद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त

नागरिक रैबार/बाजुरा २३ कार्तिक। पूर्व संविधान सभा सदस्य तथा तथा नेपाली काँग्रेस बाजुराका महाधिवेशन देवराज जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनु भएका छन् ।

सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । जस अनुसार बाजुराका पूर्व सभाषद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मन्त्री परिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णाली प्रदेशमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।

विज्ञापन

अहिले कर्णाली प्रदेशमा गोविन्द्र कलौनी,प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाय यादव प्रदेश प्रमुख रहेका थिए । उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमसख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेश प्रमुखमा नयाँ नियुक्त भएका बाजुराका काँग्रेस नेता जोशी प्रधानमन्त्री देउवा निकटका नेता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै