होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाल एमालेमा नफर्कने
राजनीति

माधव नेपाल एमालेमा नफर्कने

  • नागरिक रैबार
माधव नेपाल एमालेमा नफर्कने

काठमाडौं, २६ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।

नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेर प्रचण्ड र नेपालले नेतृत्व गर्ने गरी अघि बढ्नेबारे पनि छलफल बढेको छ । तर, कट्टेल सहमत हुने सम्भावना कम छ । त्यस्तो अवस्थामा कलम चिन्ह माग गरी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत बनाएर वृहत कम्युनिस्ट एकतामा माधव नेपाल लाग्ने सम्मको तयारी रहेको बुझिएको छ ।

विज्ञापन

नेपालले एमालेबाट निष्काशित भएपछि नयाँ दल खोल्ने खुलासा गरिसकेका छन् । उनलाई पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी आधाको साथ छ ।
यसैगरी, माधव नेपाल एमालेमा नफर्कने गरी बढेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई निराश भएका छन् । उनीहरु आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय भएका छन् ।

रिपोर्टस नेपालबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार