बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • एक महिलाले जन्माइन् एकसाथ १० बच्चा
स्वास्थ्य-जीवनशैली

एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

  • नागरिक रैबार
एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

एक महिलाले एकसाथ १० बच्चालाई जन्म दिएर विश्व किर्तिमान कायम गरेकी छिन्।एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।

ती ३७ वर्षीया महिलाले ७ जुनमा १० बच्चालाई जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।दस वटा बच्चा जन्मिएपछि उक्त दम्पती खुसी भएको बताइएको छ। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्। एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै