होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बैबाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया
मनोरञ्जन

बैबाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

  • नागरिक रैबार
बैबाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो ।

यसपछि, सुदर्शन र सुप्रियाले स्वयंभरको औठी साटेका छन् । करिब एक बर्ष लामो प्रेम सम्बन्धलाई सुदर्शन र सुप्रियाले बैबाहिक जीवनमा परिवर्तन गरेका हुन् । चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचिच क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

विज्ञापन

सुदर्शन र सुप्रियाको बिहेमा सहभागी हुन नायक पुष्प खड्का, संगीतकार अर्जुन पोखरेल, निर्मात्री पूनम गौतम लगायत पनि पुगेका छन् । आज बैबाहिक जीवनमा बाँधिएका सुदर्शन र सुप्रियाले भोली चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार