होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस सभापतिमा ५१ प्रतिशत नपुगेपछि पुनः मतदान गरिदै
समाचार

काँग्रेस सभापतिमा ५१ प्रतिशत नपुगेपछि पुनः मतदान गरिदै

  • नागरिक रैबार
काँग्रेस सभापतिमा ५१ प्रतिशत नपुगेपछि पुनः मतदान गरिदै

नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

बुधबार विहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पंडितको पक्षमा ४ सय ८९ र पौडेल पक्षका उम्मेदवार रामसिंह रावलको पक्षमा ४ सय ७४ मत पाएका छन् । त्यस्तै सभापतिमा स्वतन्त्र पदमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले १५२ मत प्राप्त गरेका छन् ।

पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्बाचनमा कसैको पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि देउवा पक्षका पंडित र पौडेल पक्षका रावलवीच पुनः मतदान गरिने निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् । उहाँका अनुसार आजै १ बजेबाट मतदान प्रक्रिया सूरु गरिने भएको छ । जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै