होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार
राजनीति

प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार

  • नागरिक रैबार
प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै