होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • ७७ वर्षका वृद्धसँग २० वर्षीया युवतीको रोचक प्रेम कहानी
विचित्र संसार

७७ वर्षका वृद्धसँग २० वर्षीया युवतीको रोचक प्रेम कहानी

  • नागरिक रैबार
७७ वर्षका वृद्धसँग २० वर्षीया युवतीको रोचक प्रेम कहानी

प्रेममा न त उमेरले रोक्दछ न त दूरी र जातपातले । यस्तै एक अनौठो प्रेमको कहानी बेलायत र म्यानमारमा दुईजना बीच देखिएको छ । म्यानमारकी एक २० वर्षीया युवती र बेलायतका एक ७७ वर्षका वयोवृद्ध बीच गहिरो प्रेम बसेको छ । ती युवतीको हजुरबा उमेरका ती वृद्धसँग यति गहिरो माया बसेको छ कि अब उनलाई ती वृद्ध बाहेक अरु कुनै तन्नेरीहरू मन पर्दैन ।

द सन वेबसाइटका अनुसार २० वर्षकी जो म्यानमारमा बस्छिन् । उनी विद्यार्थी हुन् । उनका प्रेमी ७७ वर्षीय डेभिड बेलायतमा बस्छन्, जो पेशाले एक संगीतकर्मी हुन् ।

डेभिडका सन्तान छैनन् । यी दुई पछिल्लो डेढ वर्षदेखि एक अर्काको प्रेममा डुबेका छन् । दुईबीचको ५७ वर्ष उमेर अन्तर र हजारौँ माइलको दूरीले प्रेम सम्बन्धलाई रोकेको छैन ।

विज्ञापन

यी दुईजना एक डेटिङ साइटको माध्यमबाट भेट भएका थिए । १८ महीना अगाडि जो ले एकजना मेन्टरको खोजी गरिरहेकी थिइन् । उनी यस्तो मेन्टरको खोजी गरिरहेकी थिइन् जसले आफ्नो पढाईमा आर्थिक सहयोग गरोस् र संवेगात्मक साथ पनि देओस् ।

७७ वर्षका डेभिड रोमान्टिक मूडका छन् । उनी फ्लर्टिङ गर्नका लागि कहिलेकाहीँ डेटिङ साइटमा छिर्दथे । उनी आफुलाई कहिल्यै पनि बुढो ठान्दैनन् । सधै जवान जस्तै छु भन्ने खालको व्यवहार र कुराकानी गर्दछन् ।

डेभिडका अनुसार उनी आफूभन्दा ५० वर्ष कम उमेरकी केटीसँगै सम्बन्ध राख्न चाहन्थे । डेटिङ साइटमा उनले जो लाई भेटाए । उनले आफू बेलायतमा बढिरहेको विद्यार्थी भएको दाबी गरेकी थिइन् । तर वास्तवमा जो म्यानमारमा बस्थिन् । बेलायतमा पार्टनर खोज्नका लागि जो ले झुटो बोलेकी थिइन् ।

डेभिड र जो अहिले एक अर्कालाई राम्रो साथी र जिवनसाथी नै ठान्न थालिसकेका छन् । उनीहरू दुवैजना म्यानमारको आन्तरिक अवस्था र कोभिडका कारण एक अर्काबाट टाढा रहेको डेभिड बताउँछन् ।

पहिले एकअर्कासँग अश्लील कुराकानी समेत गर्ने जो र डेभिड अहिले निकै इमोसनल बनेका छन् र एक अर्कामा समर्पित भएका छन् । आफु जो को मेन्टरसँगै लाइफ पार्टनर पनि बन्नेवाला भएकोले निकै खुसी रहेको डेभिड बताउँछन् । छिटै बिहे गर्ने उनीहरूको योजना छ । जो को पासपोर्ट बनेसँगै उनी डेभिडलाई भेट्न बेलायत आउने योजना बनेको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार