होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा ओली पक्षको ससंदीय दलको बैठक बस्दै
राजनीति

नेकपा ओली पक्षको ससंदीय दलको बैठक बस्दै

  • नागरिक रैबार
नेकपा ओली पक्षको ससंदीय दलको बैठक बस्दै

काठमाडौं, २२ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको संसदीय दलको बैठक शनिबार बस्दैछ ।प्रतिनिधि सभा पुनस्र्थापना पछि आइतबार बस्न लागेको पहिलो बैठकको तयारीको विषयमा बैठकमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन् । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको छ ।

बैठकले आइतबारबाट सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गरिने बताइएको छ । नेकपा दाहाल–नेपाल पक्षले शुक्रबार संसदीय दलको बैठक बसेको थियो ।

दाहाल नेपाल पक्षको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो । संसदीय दलको जेष्ठ सदस्यका हैसियतले झलनाथ खनालले बैठकको नेतृत्व गरेका थिए । सो बैठकले आफ्नो पक्षमा बहुमत सांसद रहेको दावी गर्दै प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार