होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • टिकटकले लियो करुणाको ज्यान, भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो !
स्वास्थ्य-जीवनशैली

टिकटकले लियो करुणाको ज्यान, भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो !

  • नागरिक रैबार
टिकटकले लियो करुणाको ज्यान, भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो !

धनगढी: भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ।

रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा हदैसम्म जाने गर्छन्। तर उनीहरु त्यसले पारिरहेको नकारात्मक असरबारे अनविज्ञ जस्तै छन्।

झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ। टिकटकमा भाइरल बन्ने भुत सवार हुँदा मानिसहरु विभिन्न जोखिम मोल्न समेत पछि परिरहेका छैनन्।

विज्ञापन

यसको उदाहरण दाङका २४ वर्षीय रमेश थापा बनेका थिए। गत पुस ४ गते झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेर उनको ज्यान गएको थियो।

 

यस्तै घटना सुदूरपश्चिम प्रदेशमा समेत घटेको छ। कञ्चनपुकी एक बालिकाले समेत टिकटकका कारण सानै उमेरमा ज्यान गुमाउनु पर्‍याे।

कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकको भुतले समाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो।

त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पंखामा डोरी बाँधिन। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्।

बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी घाँटीमा समेत बाँधेकी थिइन। सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डीएको एक आफन्तले बताए।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे। घटनाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो।

त्यतिन्जेलसम्म करुणाले प्राण त्यागीसकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घटनाका बेला घरमा नभएको एक आफन्तले बताए।

उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डुबेर मृत्यु भएको थियो।

उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन्। उनीहरु रोइरहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन्।

उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।

‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा झुुण्डीएको अवस्थामा फेला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घटनाको अझै अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिर्पाटले पनि झुण्डीएकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार